बुधबार, असार १०,२०८३ 12:05:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:05:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पले भारतमाथि फेरि लगाए २५% ट्यारिफ, भन्छन्, ‘अझै धेरै बाँकी छ’

Laxmi Sunrise Bank Limited
ट्रम्पले भारतमाथि फेरि लगाए २५% ट्यारिफ, भन्छन्, ‘अझै धेरै बाँकी छ’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफको घोषणा गरेका छन् । ट्रम्पले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आदेश जारी गर्दै भारतमाथिको ट्यारिफ ५० प्रतिशत पुर्याएका छन् ।  

भारतले रुसी कच्चा तेल र सैन्य उपकरण खरिद गर्न जारी राखेको प्रतिक्रियास्वरूप यो निर्णय लिइएको जनाइएको छ । यो नयाँ २५ प्रतिशत ट्यारिफ पहिले नै लगाइएको सबै कर र शुल्कहरू माथि लगाइनेछ। यसको अर्थ यो अतिरिक्त ट्यारिफ हो, पुरानो शुल्कको प्रतिस्थापन भने होइन।  

New Office
CG Motors
Garima Development Bank

ट्रम्पले भारतमा नयाँ ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । भारतले रुसबाट तेल खरिद गरेको कारण यो महशुल लगाइएको हो । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यो ट्यारिफ तीन साताभित्र लागू हुनेछ ।

ट्रम्पले भारतमाथि अझै कडा कदम उठाउन सक्ने संकेत गरेका छन्े । पत्रबार सम्मेलनमा उनले भने, ‘८ घण्टा मात्रै भयो । अब के हुन्छ हेरौं। तपाईले धेरै धेरै हेर्न पाउनुहुनेछ। धेरै अतिरिक्त प्रतिबन्धहरू पनि देख्न सकिन्छ।’

भारत रूसबाट तेल खरिद गर्ने सबैभन्दा ठूलो देश हो। यस वर्षको जनवरीदेखि जुनसम्म भारतले रुसबाट प्रतिदिन करिब १७ करोड ५० लाख ब्यारेल तेल खरिद गरेको छ । यो गत वर्षको तुलनामा १ प्रतिशत बढी हो ।

भारतीय रिफाइनर नायरा इनर्जी रुसबाट तेल खरिद गर्ने ठूलो कम्पनी हो। यस कम्पनीमा रुसी कम्पनीहरूको ठूलो हिस्सा छ। जुलाईमा ईयूले नायरा इनर्जीलाई प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध रूसको तेल र ऊर्जा उद्योगलाई लक्षित गर्न लगाइएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.