बिहीबार, बैशाख ३,२०८३ 12:37:23
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:37:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पको ट्यारिफ पछि भारतले अमेरिकाबाट कच्चा तेलको खरिद दोब्बरले बढायो, रुसबाट ठप्प

Bizshala
ट्रम्पको ट्यारिफ पछि भारतले अमेरिकाबाट कच्चा तेलको खरिद दोब्बरले बढायो, रुसबाट ठप्प
Shivam Cement

काठमाण्डौ । अप्रिलमा ट्रम्पको ट्यारिफ घोषणापछि भारतले अमेरिकाबाट कच्चा तेलको खरिद दोब्बरले बढाएको छ । अप्रिल–जुन त्रैमासिकमा यो वार्षिक आधारमा ११४ प्रतिशतले बढी हो। सन् २०२४ को अप्रिलदेखि जुनसम्म भारतले अमेरिकाबाट करिब १५ हजार करोड भारुबराबरको तेल खरिद गरेको थियो । सन् २०२५ मा, अप्रिल र जुनको अवधिमा यो संख्या दोब्बर भएर ३२ हजार करोड भारु पुगेको छ।  

भारतले जनवरी र जुन २०२५ को बीचमा अमेरिकाबाट हरेक दिन २.७१ लाख ब्यारेल कच्चा तेल किनेको थियो। सन् २०२४ मा जनवरीदेखि जुनको बीचमा यो संख्या १.८ लाख ब्यारेल प्रतिदिन थियो। जुलाई २०२५ मा मात्रै जुनमा भन्दा २३ प्रतिशत बढी कच्चा तेल अमेरिकाबाट आयात भएको छ। भारतको कुल तेल आयातमा अमेरिकाको हिस्सा पनि ३ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भारतले जहिले पनि रूसबाट आफ्ना धेरैजसो सैन्य वस्तुहरू ख्िरद गर्ने गरेको र रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता भएको भन्दै जुलाई ३० मा, ट्रम्पले भारतमा २५ प्रतिशत ट्यारिफ लगाएको घोषणा गरेका थिए ।  

भारतले हाल आफ्नो आवश्यकताको ४० प्रतिशत तेल रुसबाट आयात गर्छ। रिपोर्टका अनुसार भारतले अहिले रुसबाट दैनिक १.१५ मिलियन ब्यारेल कच्चा तेल किन्ने गरेको छ । अमेरिकी दबाब र मूल्यवृद्धिका कारण भारतले रुसबाट तेल किन्न करिब करिब बन्द गरिसकेको रोयटर्सले दाबी गरेको छ ।यसपछि भारतीय विदेश मन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेको हो । तर, यो दाबीमा कति सत्यता छ भन्ने खुलाइएको छैन ।

रोयटर्सले जुलाई ३० मा आफ्नो रिपोर्टमा इन्डियन आयल कर्पोरेशन, हिन्दुस्तान पेट्रोलियम र भारत पेट्रोलियम जस्ता भारतीय तेल कम्पनीहरूले घट्दो छुट र ढुवानीमा समस्याका कारण रूसबाट तेल खरिद गर्न बन्द गरेको बताएको थियो।  

पछिल्लो एक सातादेखि रुसबाट कच्चा तेलको माग नरहेको पनि बताइएको छ । भारतीय रिफाइनरीहरूले कम रुसी कच्चा तेल खरिद गरिरहेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.