आईतवार, श्रावण १०,२०८३ 03:14:24
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:14:24
Bizshala
Global IME Bank Limited

चुनावअघि भारतका सरकारी कर्मचारीहरुको महंगी भत्ता ५०% वृद्धि

चुनावअघि भारतका सरकारी कर्मचारीहरुको महंगी भत्ता ५०% वृद्धि
New Office

काठमाण्डौ । भारतको केन्द्र सरकारले कर्मचारीहरुको महंगी भत्तामा भत्ता ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । केन्द्र सरकारले आगामी जनवरी १ बाट लागू हुनेगरी आफ्ना कर्मचारीहरुको महंगाई भत्तालाई ४६ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेको हो ।  

भारतमा हुन लागेको आम निर्वाचनअघि केन्द्र सरकारको यस्तो निर्णय आएको हो । यसबाट  एक करोडभन्दा बढी कर्मचारी तथा पेन्सनकर्ताहरु लाभासन्वत हुने जनाइएको छ ।  

भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले भने,‘मन्त्रिपरिषदले एक जनवरीदेखि लागू हुनेगरी केन्द्र सरकारका कर्मचारीहरुका लागि वर्तमानको ४६ प्रतिशतको महंगी भत्तालाई बढाएर ५० प्रतिशत पुर्याउने निर्णय गरेको छ । ’

यो निर्णयबाट भारत सरकारलाई वार्षिक १२ हजार ८६९ करोड भारुबराबरको आर्थिक व्ययभार पर्ने उल्लेख गरिएको छ ।  

यसका साथै यातायात भत्ता,खाजा भत्ता लगायतका अन्य भत्ताहरु पनि २५ प्रतिशतले बढाइएको छ । कोठा भाडा भत्ता कुल तलबको २७ प्रतिशत१९ प्रतिशत र ९ प्रतिशतबाट बढाएर क्रमशः३०,२० र १० प्रतिशत पुर्याइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.