मंगलवार, आश्विन २७,२०८३ 01:12:13
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:12:13
Bizshala
Global IME Bank Limited

अनिल अम्बानीले एशियाकै सबैभन्दा ठूलो ब्याट्री इनर्जी स्टोरेज सिस्टम प्रोजेक्ट बनाउने, १० हजार करोड भारु लगानी गर्ने

Bizshala
अनिल अम्बानीले एशियाकै सबैभन्दा ठूलो ब्याट्री इनर्जी स्टोरेज सिस्टम प्रोजेक्ट बनाउने, १० हजार करोड भारु लगानी गर्ने
New Office

काठमाण्डौ । भारतीय व्यवसायी अनिल अम्बानीको कम्पनी रिलायन्स एनयु सनटेक ग्रीन इनर्जीले उर्जा क्षेत्रमा ठूलो लगानी गर्ने तयारी गरेको छ । रिलायन्स एनयु सनटेकले सोलार इनर्जी अफ कर्पोरेशन अफ इण्डिया(एसईसीआई)सँग एउटा उर्जा खरिद सम्झौता गरेको छ । यो सम्झौताको अवधि २५ वर्षको हुनेछ । कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको छ ।  

यो सम्झौतामा ९३० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने विषय समावेश छ । यसका साथै उक्त सम्झौतामा ४६५ मेगावाट÷१ हजार ८६० मेगावाट आवरको ब्याट्री इनर्जी स्टोरेज सिस्टम(बीईएसएस)पनि समावेश छ । कम्पनीले यो एशियाकै सबैभन्दा ठूलो सिंगल लोकेशन सोलार बीईएसएस परियोजना भएको दाबी गरेको छ । यो परियोजना आगामी २४ महिनाभित्र बनिसक्नेछ । यसमा लगभग १० हजार करोड भारुबराबर लगानी गरिने जनाइएको छ । यसका लागि विद्युतको मूल्य प्रतियुनिट ३.५३ भारु निर्धारण गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो सम्झौतालाई भारतको स्वच्छ उर्जाका लागि महत्वपूर्ण विषयको रुपमा हेरिएको छ । यो सम्झौता रणनीतिक रुपमा पनि विशेष रहेको छ । ६३० मेगावाटको क्षमता पुरा गर्नका लागि रिलायन्स एनयु सनटेकले १७ सय एमडब्लूपीभन्दा बढीको सौर्य उर्जा उत्पादन क्षमता लगाउनेछ । यसमा एड्भान्स्ड इनर्जी स्टोरेज पनि समावेश छ । यसले विद्युतको आपूर्ति भरोसायोग्य र ग्रिड पनि स्थिर रहनेछ ।  

रिलायन्स पावरले एसईसीआईलाई ३७८ करोड भारुबराबरको पर्फरमेन्स बैंक ग्यारेन्टी पनि दिइसकेको छ ।    

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X