अनिल अम्बानीका छोराविरुद्ध २२८ करोड भारु धोखाधडीको मुद्दा दायर
काठमाण्डौ । प्रख्यात व्यापारी अनिल अम्बानीपछि अब उनका छोरा जय अनमोल अम्बानी पनि अनुसन्धानको दायरामा परेका छन्। भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यूनियन बैंक अफ इन्डियामा भएको करिब २२८.०६ करोड भारुको कथित बैंक धोखाधडी सम्बन्धी मुद्दामा जय अनमोल अम्बानीविरुद्ध मुद्दा दर्ता गरेको छ।यो प्रकरण रिलायन्स होम फाइनान्स लिमिटेडसँग जोडिएको छ।

