बुधबार, श्रावण ६,२०८३ 11:56:20
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:56:20
Bizshala
Global IME Bank Limited

अनिल अम्बानीका छोराविरुद्ध २२८ करोड भारु धोखाधडीको मुद्दा दायर

अनिल अम्बानीका छोराविरुद्ध २२८ करोड भारु धोखाधडीको मुद्दा दायर
New Office

काठमाण्डौ । प्रख्यात व्यापारी अनिल अम्बानीपछि अब उनका छोरा जय अनमोल अम्बानी पनि अनुसन्धानको दायरामा परेका छन्। भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यूनियन बैंक अफ इन्डियामा भएको करिब २२८.०६ करोड भारुको कथित बैंक धोखाधडी सम्बन्धी मुद्दामा जय अनमोल अम्बानीविरुद्ध मुद्दा दर्ता गरेको छ।

यो प्रकरण रिलायन्स होम फाइनान्स लिमिटेडसँग जोडिएको छ।

सीबीआईका अनुसार यो मुद्दा सार्वजनिक क्षेत्रको बैंकलाई परेको २२८ करोड भारुको वित्तीय क्षतिसँग सम्बन्धित छ। यूनियन बैंकले दिएको औपचारिक उजुरीका आधारमा आरएचएफएलका पूर्व निर्देशकहरू जय अनमोल अम्बानी र रविन्द्र शरद सुधाकर विरुद्ध मुद्दा दर्ता गरिएको हो।

बैंकको उजुरीअनुसार, आरएचएफएलले आफ्नो मुम्बई शाखाबाट व्यवसायिक प्रयोजनका लागि ठूलो परिमाणमा ऋण लिएको थियो।

यसअघि नै एउटै प्रकरणमा प्रवर्तन निर्देशनालयले अनिल अम्बानीसम्बन्धी करिब ११२० करोड भारुबराबरको सम्पत्ति फ्रीज गरेको थियो। यसअघि पनि १४५२ करोड र ७५०० करोड रुपैयाँ बराबरका सम्पत्तिहरू जब्त गरिएका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.