मंगलवार, आश्विन २७,२०८३ 03:27:28
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:27:28
Bizshala
Global IME Bank Limited

दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै

Bizshala
दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै
New Office

काठमाण्डौ । अनिल अम्बानी र मुकेश अम्बानी दुबै भारतीय ब्यापारिक संसारका दिग्गज हुन् । यो केहि समय अघिको कुरा हो जब अनिल अम्बानी लगातार घाटामा थिए र जेठा दाजु मुकेश अम्बानी नाफा आर्जन गरिरहेका थिए। तर अहिले समय बदलिएको छ ।

अनिल अम्बानीका कम्पनीहरू (रिलायन्स पावर, रिलायन्स इन्डस्ट्रिज र रिलायन्स होम फाइनान्स) लगातार नाफा कमाउँदै आएका छन् भने मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज घाटामा छ । अनिल अम्बानीको कम्पनीहरुको सेयर अहिले उकालो लागेको छ । उनका कम्पनीहरुले मनसुनअघि नै लगानीकर्तामा पैसा वर्षाएका छन् । एउटा कम्पनीले एक वर्षमा दोब्बरभन्दा बढी प्रतिफल दिएको छ । अर्कोतर्फ मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एक वर्षमा लगानीकर्तालाई घाटा पुर्याएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो कम्पनीको एक वर्षको प्रतिफल ऋणात्मक रहेको छ । अर्थात् अहिले अनिल अम्बानी आफ्ना दाजु मुकेश अम्बानीभन्दा अगाडि छन् भन्न सकिन्छ । रिलायन्स पावरको सेयर गत शुक्रबार ११.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८.१६ भारुमा बन्द भएको थियो । पछिल्लो एक महिनामा यो स्टक ४० प्रतिशतभन्दा बढीले बढेको छ । एक वर्षको कुरा गर्ने हो भने यो कम्पनीले करिब १२५ प्रतिशत रिटर्न दिएको छ । जुन दोब्बर भन्दा बढी हो।

यस्तै रिलायन्स इन्फ्रास्ट्रक्चरले पनि लगानीकर्तालाई एक वर्षमा उत्कृष्ट प्रतिफल दिएको छ । शुक्रबार यो कम्पनीको सेयरमूल्य ५.६७ प्रतिशतले बढेर रु ३३०.८० मा बन्द भयो । यो स्टकले पछिल्लो एक महिनामा ३० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ ।  

एक वर्षको कुरा गर्ने हो भने यसको प्रतिफल एकदमै राम्रो भएको छ । कम्पनीले एक वर्षमा झण्डै ९० प्रतिशत प्रतिफल दिएको छ ।  

रिलायन्स होम फाइनान्सले पनि राम्रो प्रतिफल दिईरहेको छ । कम्पनीको सेयरमूल्यमा निरन्तर अपर सर्किट लागिरहेको छ । शुक्रबार ५ प्रतिशतको अपर सर्किटका साथ कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५.०९ भारुमा मा बन्द भएको थियो । प्रतिफलको हिसाबले यो द्रुत गतिमा अगाडि बढिरहेको छ । यो स्टकले एक महिनामा लगानीकर्तालाई ५५ प्रतिशत प्रतिफल दिएको छ । एक वर्षमा प्रतिफल झन्डै ५० प्रतिशत पुगेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उता मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज पछिल्ला केही महिनादेखि यो कम्पनीको दिन राम्रोसँग चलिरहेको छैन । शुक्रबार रिलायन्स इन्डस्ट्रीजको सेयर ०.२४ प्रतिशतको सामान्य वृद्धिका साथ प्रतिकित्ता १४२०.८० भारुमा बन्द भयो । यो स्टक पछिल्लो एक महिनामा लगभग सामान्य रह्यो।  

एक वर्षको कुरा गर्ने हो भने यसले लगानीकर्तालाई नोक्सान पुर्याएको छ । एक वर्षमा यसको सेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X