बिहीबार, असार १२,२०८२ 01:43:10
  • बिहीबार, असार १२,२०८२ 01:43:10
Global IME Bank Limited

दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै

Hyundai Nepal
दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै
Nabil Bank Limited

काठमाण्डौ । अनिल अम्बानी र मुकेश अम्बानी दुबै भारतीय ब्यापारिक संसारका दिग्गज हुन् । यो केहि समय अघिको कुरा हो जब अनिल अम्बानी लगातार घाटामा थिए र जेठा दाजु मुकेश अम्बानी नाफा आर्जन गरिरहेका थिए। तर अहिले समय बदलिएको छ ।

अनिल अम्बानीका कम्पनीहरू (रिलायन्स पावर, रिलायन्स इन्डस्ट्रिज र रिलायन्स होम फाइनान्स) लगातार नाफा कमाउँदै आएका छन् भने मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज घाटामा छ । अनिल अम्बानीको कम्पनीहरुको सेयर अहिले उकालो लागेको छ । उनका कम्पनीहरुले मनसुनअघि नै लगानीकर्तामा पैसा वर्षाएका छन् । एउटा कम्पनीले एक वर्षमा दोब्बरभन्दा बढी प्रतिफल दिएको छ । अर्कोतर्फ मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एक वर्षमा लगानीकर्तालाई घाटा पुर्याएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो कम्पनीको एक वर्षको प्रतिफल ऋणात्मक रहेको छ । अर्थात् अहिले अनिल अम्बानी आफ्ना दाजु मुकेश अम्बानीभन्दा अगाडि छन् भन्न सकिन्छ । रिलायन्स पावरको सेयर गत शुक्रबार ११.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८.१६ भारुमा बन्द भएको थियो । पछिल्लो एक महिनामा यो स्टक ४० प्रतिशतभन्दा बढीले बढेको छ । एक वर्षको कुरा गर्ने हो भने यो कम्पनीले करिब १२५ प्रतिशत रिटर्न दिएको छ । जुन दोब्बर भन्दा बढी हो।

यस्तै रिलायन्स इन्फ्रास्ट्रक्चरले पनि लगानीकर्तालाई एक वर्षमा उत्कृष्ट प्रतिफल दिएको छ । शुक्रबार यो कम्पनीको सेयरमूल्य ५.६७ प्रतिशतले बढेर रु ३३०.८० मा बन्द भयो । यो स्टकले पछिल्लो एक महिनामा ३० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ ।  

एक वर्षको कुरा गर्ने हो भने यसको प्रतिफल एकदमै राम्रो भएको छ । कम्पनीले एक वर्षमा झण्डै ९० प्रतिशत प्रतिफल दिएको छ ।  

रिलायन्स होम फाइनान्सले पनि राम्रो प्रतिफल दिईरहेको छ । कम्पनीको सेयरमूल्यमा निरन्तर अपर सर्किट लागिरहेको छ । शुक्रबार ५ प्रतिशतको अपर सर्किटका साथ कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५.०९ भारुमा मा बन्द भएको थियो । प्रतिफलको हिसाबले यो द्रुत गतिमा अगाडि बढिरहेको छ । यो स्टकले एक महिनामा लगानीकर्तालाई ५५ प्रतिशत प्रतिफल दिएको छ । एक वर्षमा प्रतिफल झन्डै ५० प्रतिशत पुगेको छ ।

उता मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज पछिल्ला केही महिनादेखि यो कम्पनीको दिन राम्रोसँग चलिरहेको छैन । शुक्रबार रिलायन्स इन्डस्ट्रीजको सेयर ०.२४ प्रतिशतको सामान्य वृद्धिका साथ प्रतिकित्ता १४२०.८० भारुमा बन्द भयो । यो स्टक पछिल्लो एक महिनामा लगभग सामान्य रह्यो।  

एक वर्षको कुरा गर्ने हो भने यसले लगानीकर्तालाई नोक्सान पुर्याएको छ । एक वर्षमा यसको सेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.