बुधबार, असार १७,२०८३ 02:29:04
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:29:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनिल अम्बानीको भारु.३ हजार करोडको सम्पत्ति जफत, घरपनि रहेन बाँकी

Laxmi Sunrise Bank Limited
अनिल अम्बानीको भारु.३ हजार करोडको सम्पत्ति जफत, घरपनि रहेन बाँकी

काठमाण्डौ । अनिल अम्बानी र उनको रिलायन्स समूहविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बनधी अनुसन्धान तीव्र भएको छ। ईडी(प्रवर्तन निर्देशनालय) ले अम्बानीको ३ हजार करोड भारुभन्दा बढीको सम्पत्ति जफत गरेको छ। यसमा अनिल अम्बानीको पाली हिल, मुम्बईमा रहेको घर, दिल्ली, नोएडा, मुम्बई, गोवा, पुणे, हैदरावाद र चेन्नई जस्ता शहरहरूमा रहेको रिलायन्स कम्युनिकेशन र रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेडको फ्ल्याट, प्लट र कार्यालयहरू समावेश छन्।

New Office
CG Motors
Garima Development Bank

टाइम्स अफ इन्डियाका अनुसार दिल्लीको होटल रञ्जीतमा रहेको रिलायन्स सेन्टर (जुन अम्बानीको कार्यालय हो) ईडीले जफत गरेको धेरै सम्पत्तिमध्ये एक हो। यो महाराजा रणजीत सिंह मार्गमा छ र रामलीला मैदान र रणजीत सिंह फ्लाईओभरको बीचमा तीन एकड भन्दा बढीमा फैलिएको छ। केन्द्रीय एजेन्सीले २० हजार करोड भारु बढीको बैंक कोषको कथित दुरुपयोगको मामलामा यो कारबाही गरेको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ईडीले आफ्नो जफत आदेशमा अम्बानी समूहका कम्पनीहरूले बैंकको रकम हिनामिना गरेको आरोप लगाएको छ। गलत तरिकाले पैसा निकाल्न अम्बानीले यो फण्डहरुको शेल कम्पनीहरू र समूहका आफ्नै कम्पनीहरूमा पूरै रूपान्तरण गरिएको जनाइएको छ । कर्पोरेट ऋणको ठूलो हिस्सा अन्ततः रिलायन्स समूहका कम्पनीहरूको खातामा पुुगेको र यसले मनी लान्ड्रिङको सङ्केत गरेको उल्लेख गरिएको छ। आगामी हप्ताहरूमा थप सम्पत्तिहरू जफत हुने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.