काठमाण्डौ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले अनिल अम्बानीको रिलायन्स समूहसँग जोडिएका ३५ भन्दा बढी स्थान र ५० कम्पनीमा छापा मारेको छ । एस बैंकबाट लिएको ३ हजार करोड भारु ऋण ठगीको विषयमा आजईडीले दिल्ली र मुम्बईमा रहेको अनिल अम्बानीको ठेगानामा छापा मारेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईले दर्ता गरेको दुई एफआईआर र सेबी, नेशनल हाउसिङ बैंक, बैंक अफ बडोदा र नेशनल फाइनान्सियल रिपोर्टिङ अथोरिटी (एनएफआरए) जस्ता एजेन्सीहरूबाट प्राप्त जानकारीको आधारमा यो कारबाही गरिएको हो।
कुनै बेला भारतको धनाढ्यको सूचीमा गनिने अम्बानीका धेरै कम्पनीहरू अहिले टाट पल्टिएको अवस्थाबाट गुज्रिरहेका छन् । हालै एसबीआईले आफ्नो कम्पनी रिलायन्स कम्युनिकेसन्स र अनिल अम्बानीलाई ठगी घोषित गरेको थियो ।
यो मुद्दा सन् २०१७ देखि २०१९ को बीचमा अनिल अम्बानीसँग सम्बन्धित रिलायन्स समूहका कम्पनीहरूलाई एस बैंकले दिएको लगभग ३ हजार करोड भारुबराबरको ऋणसँग सम्बन्धित छ। ईडीको प्रारम्भिक अनुसन्धानले यी ऋणहरू कथित रूपमा शेल कम्पनीहरू र समूहका अन्य एकाइहरूमा फर्काइएको खुलासा गरेको छ । एस बैंकका वरिष्ठ अधिकारीहरूले घूस लिएको हुनसक्ने पनि अनुसन्धानले देखाएको छ ।
ईडी सुनियोजित योजना भएको र यसअन्तर्गत बैंकहरू, सेयरधारकहरू, लगानीकर्ताहरू र अन्य सार्वजनिक संस्थाहरूलाई गलत जानकारी दिएर पैसा हिनामिना गरिएको जनाएको छ ।