मंगलवार, आश्विन २७,२०८३ 03:30:20
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:30:20
Bizshala
Global IME Bank Limited

अनिल अम्बानीको दिन फर्किदै, भुटानमा करिब १३ सय मेगावाटको विद्युत आयोजना निर्माण गर्ने

Bizshala
अनिल अम्बानीको दिन फर्किदै, भुटानमा करिब १३ सय मेगावाटको विद्युत आयोजना निर्माण गर्ने
New Office

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाई अनिल अम्बानीको ध्यान यतिबेला ऋणबाट मुक्त हुनुका साथै कारोबार विस्तारमा रहेको छ ।  

यस क्रममा अनिल अम्बानीले भुटानमा एउटा ठूलो सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको कम्पनीले भुटानमा १२ सय ७० मेगावाटको सौर्य र जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसका लागि अनिलले नयाँ कम्पनी नै स्थापना गरेका छन् । कम्पनीको नाम रिलायन्स इन्टरप्राइजेज रहेको छ । कम्पनीले भुटान सरकारको इन्भेष्टमेन्ट युनिट ड्रुक होल्डिङ इन्भेष्टमेन्ट लिमिटेडसँग सम्झौता गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो कम्पनीले भुटानमा ५०० सय मेगावाटको सौर्य प्लान्ट स्थापना गर्नेछ । जुन भुटानको सबैभन्दा ठूलो सौर्य प्लान्ट हुनेछ । यसका अलावा कम्पनीले ७७० मेगावाटको चम्खुरचु–१ जलविद्युत समेत आयोजनामा समेत लगानी गर्नेछ ।  

अनिलको नयाँ कम्पनी सेयर बजारमा सूचीकृत रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेड र रिलायन्स पावरद्वारा संयु्क्त रुपमा प्रवद्धित हुनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यो खबर बाहिरिएसँगै रिलायन्स इन्फ्रा र रिलायन्स पावरको सेयरमूल्यमा उछाल आएको छ ।  बुधबार रिलायन्स पावरको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले बढेृृको थियो । यो कम्पनीको सेयरमूल्यमा पछिल्लो १० कारोबारमा लगातार अपर सर्किट लागेको छ ।  

यस्तै रिलायन्स इन्फ्राको सेयरले पनि लगानीकर्तालाई एक महिनाको अवधिमा ६७ प्रतिशत प्रतिफल दिएको छ ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X