बुधबार, माघ २३,२०८१ 11:52:33
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:52:33
IME remit
Global IME Bank Limited

दुई वर्ष सांसद,कुनै समय थिए विश्वको छैटौं धनी व्यक्ति... अदालतको झट्काले कसरी बर्बाद बने अनिल अम्बानी

Hyundai Nepal
दुई वर्ष सांसद,कुनै समय थिए विश्वको छैटौं धनी व्यक्ति... अदालतको झट्काले कसरी बर्बाद बने अनिल अम्बानी
Nabil Bank Limited

काठमाण्डौ । ऋणमा डुबेका भारतीय उद्योगपति अनिल अम्बानीलाई भारतको सर्वोच्च अदालतले अर्को झट्का दिएको छ । भारतको सर्वोच्च अदालतले अनिल अम्बानीको कम्पनीलाई दिल्ली मेट्रो रेल कर्पोरेशन(डीएमआरसी)द्वारा दिल्ली एअरपोर्ट मेट्रो  एक्सप्रेस प्राइभेट लिमिटेड(डीएएमईपीएल)लाई दिइएको ओर्जिनल आब्रिट्रल अवार्डको सम्पूर्ण राशि भुक्तानी गर्न निर्देशन दिएको छ ।  

अदालतले १४ वर्षदेखि चलिरहेको यो विवादमा अनिल अम्बानीको कम्पनीलाई ८ हजार करोड दिने आब्रिट्रल ट्रिक्युनलको फैसला खारेज गरेको छ । अदालतको फैसलाअनुसार दिल्ली मेट्रो रेलले पहिले भुक्तानी गरेको सबै रकम अनिल अम्बानीको कम्पनीले फिर्ता गुर्नपर्नेछ । डीएमआरसीले रिलायन्स इन्फ्राको इकाईलाई ३ हजार ३ सय करोड भारु भुक्तानी गरेको थियो । यो रकम अब अनिल अम्बानीले फिर्ता गर्नुपर्ने भएको छ ।  

दिल्ली एअरपोर्ट मेट्रोले दिल्ली मेट्रोको कमजोरी औल्याउँदै सम्झौता तोडेपछि सन् २०१२ मा अम्बानीको कम्पनी रिलायन्स इन्फ्रा र डीएमआरसीबीच विवाद उत्पन्न भएको थियो । डीएमआरसी र डीएएमईपीएलले सन् २००८ मा नयाँ दिल्ली रेलवे स्टेशनदेखि सेक्टर २१ द्वारकासम्म ३० वर्षका लागि एअरपोर्ट मेट्रो एक्सप्रेस लाइनको डिजाइन,स्थापना, कमिशन र सञ्चालन तथा मर्मतसम्बन्धी सम्झौता गरेका थिए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

सर्वोच्च अदालतको यो निर्णयपछि कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । अदालतको फैसलापछि कम्पनीको सेयरमूल्य २० प्रतिशतले घटेको छ ।  

मुकेश अम्बानीका कान्छा भाई अनिल अम्बानी सन् २००८ मा विश्वको छैटौं धनी व्यक्ति थिए । इलाहाबाद उच्च अदालतले सन् २००९ माअनिल अम्बानीको नेतृत्वमा रहेको समूहको उत्तर प्रदेशको दादरीमा प्रस्तावित मेगा ग्यासमा आधारित ऊर्जा परियोजनाको लागि भूमि अधिग्रहणलाई खारेज गरेको थियो। मुकेश र अनिलबीचको गैर–प्रतिस्पर्धी टकरावले मुकेशलाई टेलिकमबाट टाढा राख्यो। तर, यो प्रावधान २०१० मा खारेज गरिएको थियो।

यसपछि मुकेश छिट्टै व्यवसायमा फर्किए । उनले फोरजी वायरलेस नेटवर्क निर्माण गर्न अर्को सात वर्षको अवधिमा २.५ लाख करोड भारु भन्दा बढी लगानी गरे। जसका कारण अनिलको रिलायन्स कम्युनिकेसन्स लगायत धेरै कम्पनीहरु प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।  

सन् २००२ धीरुभाई अम्बानीको निधन भएपछि रिलायन्स परिवारले कष्टपूर्ण विभाजनको सामना गरेको थियो । त्यसबेला रिलायन्सको विशाल कारोबारलाई उनका दुई छोरा मुकेश र अनिल अम्बानीबीच बाँडफाँड गरिएको थियो । त्यसबेला नयाँ कारोबारको जिम्मा कान्छा छोरा अनिल अम्बानीलाई दिइएको थियो । जसमा टेलीकम,फाइनान्स, र उर्जा कारोबार समावेश थियो । जेठा छोरा मुकेश अम्बानीलाई पुराना व्यवसाय जस्तै,पेट्रोकेमिकल,टेक्सटाइल,रिफाइनरी,तेल–ग्यासको कारोबारको जिम्मेवारी दिइएको थियो । तर आज मुकेश अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति छन् भने अनिल अम्बानी ऋणमा डुबेका छन् । अमेरिकाबाट एमबीए गरेका ६४ वर्षिय अनिलले भारतीय अभिनेत्री टीना मुनीमसँग विवाह गरेका थिए र उनी भारतको राज्यसभाको सदस्य समेत बनेका थिए ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.