आईतवार, असार १४,२०८३ 06:22:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:22:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रुसका राष्ट्रपति पुटिन आज भारत जादैं, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने मुख्य लक्ष्य

Laxmi Sunrise Bank Limited
रुसका राष्ट्रपति पुटिन आज भारत जादैं, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने मुख्य लक्ष्य

काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज भारत भ्रमणमा जादै छन् । उनी भारतमा आयोजना हुन लागेको २३ औं इण्डिया–रसिया एनुअल समिट मा भाग लिन भारत जान आउन लागेको भारतीय मिडियाले बताएका छन् ।

उनी अपरान्ह ४ बजे राजधानी नयाँ दिल्ली पुग्ने छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पुटिनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्नेछन् ।  भारत र अमेरिकाबीच सम्बन्धमा चिसोपन छाएको बेला पुटिनको भ्रमणको उद्देश्य भारत–रुस रणनीतिक र आर्थिक साझेदारीलाई बलियो बनाउनु रहेको जनाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

शुक्रबारको एनुअल समिटले रक्षा सहयोग बढाउने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना ‘मोड्युलर रिएक्टर’मा सम्भावित सहयोगमा केन्द्रित हुने सम्भावना रहेको जनाइएको छ ।

करिब २८ घण्टाको भ्रमणपछि पुटिन शुक्रबार राति करिब ९ः३० बजे भारतबाट प्रस्थान गर्नेछन् । भारतले रुसी कच्चा तेलको ठूलो खरिदका कारण बढ्दो व्यापार घाटाको मुद्दा शिखर सम्मेलनमा उठ्ने सम्भावना छ । अमेरिकाले भारतीय सामानमा भारी ५० प्रतिशत शुल्क लगाएपछि भारत–अमेरिका सम्बन्ध विगत दुई दशकमा सबैभन्दा खराब चरणबाट गुज्रिरहेको बेला यो भ्रमण हुन लागेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.