मंगलवार, असार १६,२०८३ 12:31:49
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:31:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईफोन उत्पादनको हब बन्दै भारत, ६ महिनामै बन्यो २.३९ करोड युनिट

Laxmi Sunrise Bank Limited
आईफोन उत्पादनको हब बन्दै भारत, ६ महिनामै बन्यो २.३९ करोड युनिट

काठमाण्डौ । एप्पललाई ट्रम्पको धम्कीको बाबजुद पनि अमेरिकामा बिक्री हुने आईफोनको ७८ प्रतिशत भारतमा बनेका छन्। बजार अनुसन्धानकर्ता क्यानालिसका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म भारतमा २३.९ मिलियन (२ करोड ३९ लाख) आईफोन उत्पादन भएका छन् ।  जुन गत वर्षको तुलनामा ५३ प्रतिशत बढी हो।

यस्तै अनुसन्धान फर्म साइबरमिडिया रिसर्चका अनुसार भारतबाट आइफोन निर्यात पनि बढेर २२.८८ मिलियन (२ करोड २८ लाख) युनिट पुगेको छ । गत वर्षको सोही अवधिमा (जनवरीदेखि जुन) भारतमा आइफोन उत्पादनको संख्या १५.०५ मिलियन (१ करोड ५० लाख( युनिट थियो। अर्थात् वार्षिक आधारमा ५२ प्रतिशतले बढेको छ ।

New Office
CG Motors
Garima Development Bank

व्यापारको कुरा गर्दा, २०२५ को पहिलो ६ माहीमा भारतबाट करिब १.९४ लाख करोड भारु मूल्यबराबरका आईफोनहरू निर्यात भएका छन्। 

गत वर्ष यो रकम १.२६ लाख करोड भारु थियो। सन् २०२५ को अप्रिल महिनामा भारतबाट अमेरिकामा ३३ लाख आइफोन पठाइएको थियो । यो अवधिमा चीनबाट पठाइएको मोबाइलको संख्या ९ लाख थियो । भारतमा उत्पादित आईफोनमध्ये ७८ प्रतिशत अमेरिकामा पठाइएको थियो।  

डोनाल्ड ट्रम्पले मे २३ मा अमेरिकामा बिक्री हुने आइफोन भारत वा अन्य कुनै देशमा नभई अमेरिकामा उत्पादन गर्नुपर्ने बताएका थिए । उनले एप्पलका सीईओ टिम कुकलाई यदि एप्पलले अमेरिकामा आईफोनहरू नबनाएमा कम्तिमा २५ प्रतिशत ट्यारिफ कम्पनीलाई लगाइने बताएका थिए । ।

आपूर्ति श्रृंखला विविधिकरण, सरकारी सुविधा तथा छुट, बढ्दो बजार सम्भावना, निर्यातको सम्भावना र दक्ष कामदार तथा पूर्वाधार जस्ता विषयका कारण एप्पलले भारतलाई आईफोन निर्माणको थलोको रुपमा प्राथमिकता दिईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.