आईतवार, श्रावण १०,२०८३ 03:13:05
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:13:05
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्यारिफपश्चात भारतले बढायो चीनतर्फ निर्यात, २२% ले वृद्धि

अमेरिकी ट्यारिफपश्चात भारतले बढायो चीनतर्फ निर्यात, २२% ले वृद्धि
New Office

काठमाण्डौ । अमेरिकाले ५० प्रतिशत कर लगाएपछि भारतले चीनतर्फको निर्यात बढाएको छ । २०२५–२६ को पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा चीनतर्फको आयात २२ प्रतिशतले वृद्धि भएको छ ।  

अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म, भारतले चीनलाई ८.४१ अर्ब डलरबराबरको सामान बिक्री गरेको छ । जुन गत वर्ष ६.९० अर्ब डलर थियो । टेलिफोन सेटका पार्टपुर्जा, प्राउन, आल्मुनियम जस्ता वस्तुको निर्यात बढेसँगै यो वृद्धि देखिएको हो ।  

अगस्ट २७ देखि भारतबाट अमेरिका पठाइएका सामानमा ५० प्रतिशत कर लगाइएको थियो। ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) ले भारतको करिब ५.४ लाख करोडको निर्यात यस करबाट प्रभावित हुन सक्ने जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.