आईतवार, श्रावण १०,२०८३ 03:14:44
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:14:44
Bizshala
Global IME Bank Limited

तमिल सुपरस्टार विजय राजनीतिको ‘हिरो’ बन्दै, मुख्यमन्त्री बन्ने पक्कापक्की

तमिल सुपरस्टार विजय राजनीतिको ‘हिरो’ बन्दै, मुख्यमन्त्री बन्ने पक्कापक्की
New Office

काठमाण्डौ । भारतको तमिलनाडु विधानसभा चुनावको प्रारम्भिक रुझान तथा एग्जिट पोलका दाबीहरू सार्वजनिक भएसँगै राजनीतिक माहोल तातेको छ। विभिन्न अनौपचारिक रुझानहरूमा दक्षिण भारतीय अभिनेता विजय थालापती नेतृत्वको पार्टी तमिलगा वेट्री कजगम (टीभीके) ले उल्लेखनीय प्रदर्शन गर्दै बहुमततर्फ अग्रसर रहेको देखिएको छ।

रिपोर्टहरूका अनुसार २३४ सदस्यीय विधानसभा रहेको तमिलनाडुमा बहुमतका लागि ११८ सिट आवश्यक हुन्छ। प्रारम्भिक रुझानमा (टीभीके)ले १०० भन्दा बढी सिट प्राप्त गर्न सक्ने अनुमान गरिएको छ, जसले भारतीय राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार टीभीकेले विशेषगरी युवा र शहरी मतदातामाझ बलियो समर्थन प्राप्त गरेको देखिन्छ। पहिलो पटक चुनावी मैदानमा उत्रिएको पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको दाबी पनि गरिएको छ।

यसबीच, विजयको राजनीतिक उदयलाई भारतका अन्य नयाँ राजनीतिक आन्दोलनहरूसँग तुलना गर्ने क्रम पनि बढेको छ। केही विश्लेषणहरूले उनलाई अरविन्द केजरीवालजस्ता नेतासँग तुलना गरेका छन्, जसले पहिलो चरणमै ठूलो राजनीतिक सफलता हासिल गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.