मंगलवार, असार १६,२०८३ 09:46:58
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:46:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दिल्लीमा होलीको अवसरमा सित्तैमा ग्यास सिलिण्डर बाड्ने बाचा पुरा गर्न बीजेपीलाई दबाब

Laxmi Sunrise Bank Limited
दिल्लीमा होलीको अवसरमा सित्तैमा ग्यास सिलिण्डर बाड्ने बाचा पुरा गर्न बीजेपीलाई दबाब

काठमाण्डौ । दिल्ली विधानसभा चुनावमा बीजेपीले होली र दिवालीमा राज्यका गरिब परिवारलाई एक–एक सिलिण्डर निःशुल्क दिने वाचा गरेको थियो।

होलीको पर्व नजिकिँदै गर्दा आम आदमी पार्टीले यो मुद्दामा भाजपालाई घेरेको छ । यस बिषयमा बिहीबार पनि आम आदमी पार्टीका कार्यकर्ताहरूले भाजपा दिल्ली सरकारको विरुद्ध प्रदर्शन गरेका थिए।

आप विधायक कुलदीप कुमारले भने, ‘मोदी जी, जेपी नड्डा जी र बीजेपीले होलीमा दिल्लीका जनतालाई सित्तैमा सिलिण्डर दिने ग्यारेन्टी दिएका थिए। अब होली आयो र दिल्लीका जनता सित्तैमा सिलिण्डरको पर्खाइमा छन्। मोदी जीले पहिले महिलालाई २५०० रुपैयाँ दिने वाचा गरेका थिए र अब सित्तैमा सिलिण्डर दिने वाचा पनि साबित हुँदैछ।’

New Office
CG Motors
Garima Development Bank

बीजेपीले आपका यी आरोपहरूको जवाफ दिएको छ । दिल्ली बीजेपी प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले भने, ‘आतिशी र आपले झूट, अहंकार र टकरावको राजनीति गर्छन्, त्यसैले दिल्लीका जनताले उनीहरूलाई बाहिरको बाटो देखाएका छन्।’

उनले भाजपाले घोषणापत्रमा जे लेखेको थियो त्यो प्रतिबद्धता भएको र त्यसलाई पूरा गर्ने बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.