शुक्रबार, श्रावण ८,२०८३ 12:55:16
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:55:16
Bizshala
Global IME Bank Limited

स्वास्थ्य बीमाको बढ्दो प्रिमियम रोक्ने भारत सरकारको तयारी, प्रिमियमको सीमा निर्धारण हुनसक्ने

स्वास्थ्य बीमाको बढ्दो प्रिमियम रोक्ने भारत सरकारको तयारी, प्रिमियमको सीमा निर्धारण हुनसक्ने
New Office

काठमाण्डौ । बढ्दो स्वास्थ्य बीमा प्रिमियमलाई नियन्त्रण गर्न भारत सरकारले हस्तक्षेप गर्ने तयारी गरेको छ । इकोनोमिक्स टाइम्सका अनुसार भारत सरकारले यस विषयमा बीमा नियामक (आईआरडीए), उद्योगका शीर्ष अधिकारीहरू र अस्पताल समूहहरूसँग वार्ता सुरु गरेको छ। केही सुझावहरू आईआरडीएलाई पठाइएको र अब नियामकले अन्तिम निर्णय लिने जनाइएको छ ।  

स्वास्थ्य बीमाको बढ्दो प्रिमियमलाई नियन्त्रण गर्न सरकारले बीमा कम्पनीहरूमा प्रिमियमको माथिल्लो सीमा (क्याप) तोक्ने जस्ता कडा कदम चाल्ने विचार गरिरहेको भारतीय अधिकारीहरुले बताएका छन् । डिस्क्लोजर नियमलाई कडाइ गर्ने तयारी भइरहेको छ । सरकारले बीमा कम्पनीहरुको व्यवस्थापन खर्च पनि घटाउन चाहेको छ । यसअन्तर्गत एजेन्टहरूले पाउने कमिशनको सीमा तोक्न सकिने जनाइएको छ ।  

जसले गर्दा कम्पनीको लागत घट्ने र ग्राहकले फाइदा लिन सक्नेछन् । दाबी प्रक्रियामा हुने ढिलाइ र अनियमिततालाई रोक्न भारत सरकारले ‘नेसनल हेल्थ क्लेम एक्सचेन्ज’ को प्रवर्द्धन गरिरहेको छ । यसको उद्देश्य सम्पूर्ण दावी प्रक्रियालाई डिजिटल, छिटो र सजिलो बनाउनु हो, ताकि ग्राहकहरूलाई कुनै समस्या नपरोस्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.