काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) जलविद्युत् केन्द्रको मर्मतका क्रममा अण्डरग्राउण्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उद्धार कार्य तीव्र पारिएको छ।
स्रोतका अनुसार पावर हाउसमा प्रवेश गर्ने केबल टनेलको मुख पुरिएपछि नेपाली सेना र दक्ष प्राविधिक जनशक्ति परिचालन गरी अवरुद्ध प्रवेशद्वार खोल्ने काम भइरहेको छ।
उद्धार टोलीले आवश्यक उत्खनन उपकरण प्रयोग गर्दै पुरिएको टनेलको मुख खोल्ने प्रयास गरिरहेको छ। फसेका कर्मचारीसम्म सुरक्षित रूपमा पुग्न र उनीहरूको उद्धार गर्न नेपाली सेना तथा प्राविधिक टोलीले तीव्र रूपमा काम गरिरहेको जनाइएको छ।
प्रतिकूल मौसम तथा बाढीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गरी उद्धार अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।