बुधबार, भाद्र १०,२०८३ 07:05:02
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 07:05:02
Bizshala
Global IME Bank Limited

रसुवाको बाढीले २०० भन्दा बढी कन्टेनर बगायो, सडक–पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति

रसुवाको बाढीले २०० भन्दा बढी कन्टेनर बगायो, सडक–पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति
New Office

काठमाण्डौ। चीनतर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले दसैं–तिहारका लागि आयात गरिएका व्यापारिक सामानमा ठूलो क्षति पुर्याएको छ। व्यवसायीहरूका अनुसार २०० भन्दा बढी कन्टेनर बाढीले बगाएको छ।

दसैंका लागि आयात गरिएका सामानमध्ये ५० प्रतिशतभन्दा बढी बाढीको चपेटामा परेको व्यवसायीहरूले बताएका छन्। बाढीबाट व्यापारिक सामानमा भएको क्षतिले आगामी चाडपर्वको बजार आपूर्ति तथा व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।

बाढीका कारण त्रिशूली नदीमा रहेका १९ वटा पुल बगेका छन्। सडक विभागका अनुसार धादिङबेँसी जाने सडकसहित विभिन्न क्षेत्रमा रहेका पुल बाढीले क्षतिग्रस्त भएका हुन्।

Bizshala
CG Motors

विभागले प्रारम्भिक विवरणमा कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुगेको जनाएको छ। बाढीबाट विभिन्न १५ वटा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

भौतिक संरचनामा ठूलो क्षति पुगेसँगै बाढीबाट मानवीय क्षति पनि भएको आशंका गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार आन्तरिक तथा विदेशी गरी ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ।

रसुवा भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये १४ जनासँग सम्पर्क हुन नसकेको अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ। त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत केही कर्मचारीसँग समेत सम्पर्क हुन नसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सरकारले बाढीमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिन एक दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरेको छ। सुरक्षा निकाय तथा अन्य उद्धार टोलीलाई समेत प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा राहत कार्य अघि बढाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.