Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 05:21:15
Bizshala
Global IME Bank Limited

चीनबाट नेपाललाई चौथो चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो

चीनबाट नेपाललाई चौथो चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो
New Office

काठमाण्डौ। चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो चरण मंगलबार काठमाण्डौ आइपुगेको छ। चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत मंगलबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री माननीय महावीर पुन सहभागी भएका थिए।

चीनबाट प्राप्त पछिल्लो चरणको राहत सामग्रीमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती लगायतका सामग्री रहेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपालमा हालै आएको बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यकतालाई ध्यानमा राखेर यी सामग्री छनोट गरिएको जनाइएको छ।

चीनले उपलब्ध गराएको राहत सामग्रीले विपद् प्रभावित क्षेत्रमा जारी आपत्कालीन उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उद्धारपछिका राहत तथा पुनर्स्थापनाका कार्यमा समेत यी सामग्री उपयोगी हुने बताइएको छ।

नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि चीनले विभिन्न चरणमा आपत्कालीन सहयोग उपलब्ध गराउँदै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.