सोमबार, आश्विन ५,२०८३ 07:07:06
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:07:06
Bizshala
Global IME Bank Limited

बाढीपछिको पुनर्निर्माणमा गति : पिमलटार–जागाराम पुल मर्मत सम्पन्न, १३ झोलुङ्गे पुल अन्तिम चरणमा

बाढीपछिको पुनर्निर्माणमा गति : पिमलटार–जागाराम पुल मर्मत सम्पन्न, १३ झोलुङ्गे पुल अन्तिम चरणमा
New Office

काठमाण्डौ ।  बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी क्षेत्रस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ। पुलमा जाली राख्ने काम पूरा भएपछि अबको दुई दिनभित्र सर्वसाधारणका लागि आवतजावत खुला गरिने भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरले पुलको बटारिएको लठ्ठा सिध्याउने, ‘स्याग सेटिङ’ गर्ने, ह्यान्ड रेल केबल परिवर्तन गर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरेको हो।

रसुवा क्षेत्रमा आएको बाढीपछि क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापनाका क्रममा हालसम्म चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। त्यसमध्ये इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमाथिको तुइनलाई मोटराइज्ड गरिएको छ।

यस्तै, विदुर नगरपालिका–५ को देवीघाट, रसुवाको स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा हाकुबेंसी क्षेत्रमा समेत तुइन सञ्चालनमा आएका छन्।

थप तीन स्थानमा तुइन जडानको तयारी

थप तीन स्थानमा तुइन जडान गर्ने तयारीसमेत अघि बढाइएको छ। रसुवाको पैरेबेँसी हुँदै उत्तरगया गाउँपालिका–४ र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि देखिएको विवाद समाधान भई सहमति जुटेको छ।

स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा प्रस्तावित स्थान ‘माइन एरिया’मा परेकाले स्थान परिवर्तन गर्नुपर्ने भएको छ भने रुङ्गा क्षेत्रमा उपयुक्त स्थानको रेकी भइरहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१३ झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा

बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका पुलहरूमा मर्मत तथा संरचनागत सुधार भइरहेको छ।

मर्मतको अन्तिम चरणमा रहेका पुलमा कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, केउरेनी–गहते, पिमलटार–जागाराम, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल रहेका छन्।

यसबाहेक बाढीबाट क्षतिग्रस्त बाँकी सातवटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु गरिएको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढिसकेको छ।

पूर्ण क्षति भएका ३३ पुल पुनर्निर्माणको तयारी

बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।

झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्समध्ये पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणको खरिदका लागि सम्झौतासमेत भइसकेको जनाइएको छ।

बाढीका कारण आवागमन अवरुद्ध भएका क्षेत्रमा तुइन, झोलुङ्गे पुल मर्मत तथा नयाँ पुल पुनर्निर्माणलाई समानान्तर रूपमा अघि बढाइएको छ। यसले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा स्थानीय आवागमन क्रमशः सहज बन्दै जाने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.