Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 07:04:52
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धवलागिरि सहकारीको ५ लाख १७ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धवलागिरि सहकारीको ५ लाख १७ हजार सहयोग
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाण्डौको सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

संस्थाका अनुसार उक्त रकममध्ये ५ लाख रुपैयाँ सहकारी संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ संस्थाका सञ्चालकहरूको तर्फबाट सहयोग गरिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहकारीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित सबैप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.