काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेल हुँदै सुरुङभित्र प्रवेश गरेर उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ। उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा परिचालित छ।
सुरुङभित्र प्रवेश गर्न अवरोध बनेको संरचना हटाउने काम अघि बढाइएको छ। उद्धार टोलीले सुरुङको ‘क्राउन’ अर्थात् माथिल्लो भाग पहिचान गरी एक्साभेटरको प्रयोगबाट उक्त भाग फुटाएर सुरुङ खुलाउने प्रयास गरिरहेको छ।
अवरोध हटाई सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्न सकिने अवस्था सिर्जना भएपछि उद्धारकर्मीलाई भित्र पठाउने तयारी भइरहेको छ।
उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे आवश्यक प्राविधिक मूल्याङ्कन गर्दै सुरक्षित रूपमा उद्धार कार्य अघि बढाउने प्रयास गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।