मंगलवार, आश्विन ६,२०८३ 11:26:00
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 11:26:00
Bizshala
Global IME Bank Limited

सुनचाँदी तथा रत्न व्यवसायी महासंघद्वारा विपद् उद्धार कोषमा ४० लाख रुपैयाँ सहयोग

सुनचाँदी तथा रत्न व्यवसायी महासंघद्वारा विपद् उद्धार कोषमा ४० लाख रुपैयाँ सहयोग
New Office

काठमाण्डौ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

महासंघले व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम एकद्वार प्रणालीमार्फत सरकारको उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार सहयोग हस्तान्तरण गरेको हो। महासंघका अनुसार भदौ १० गते आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको थियो।

महासंघका संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चेकमार्फत उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशरबहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा तथा कार्यालय प्रमुख राम महर्जनलगायतको उपस्थिति थियो। कार्यक्रममा रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाको समेत सहभागिता रहेको थियो।

महासंघले संकलित बाँकी रकममा आफ्नै कोषबाट समेत थप गरी सुनचाँदी, रत्न तथा आभूषण व्यवसायसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई अवस्था र आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराउने जनाएको छ।

महासंघले राहत तथा उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश महासंघ तथा आबद्ध सदस्य संघप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग, राहत तथा पुनःस्थापनामा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.