काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले शुक्रबार बिहान सुरुङबाट सञ्जय शाह, कविर महर्जन र अर्का एकजना व्यक्तिलाई जीवितै उद्धार गरेको हो।
उद्धार गरिएका सञ्जय शाह नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान हुन् भने कविर महर्जन प्राधिकरणकै मेकानिकल सुपरभाइजर हुन्। तेस्रो व्यक्तिको बारेमा जानकारी आउन भने बाँकी रहेको छ ।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीका कारण उनीहरू आयोजनाको सुरुङभित्र फसेका थिए। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले उनीहरूको खोजी तथा उद्धार कार्य अघि बढाएको थियो।
उद्धार अभियानमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९ः२० बजेसम्म दुई जनालाई सुरुङबाट जीवितै बाहिर निकालिएको हो।
उद्धारपछि दुवै जनालाई नेपाली सेनाको टोलीले घटनास्थलमै प्राथमिक उपचार गरेको थियो। त्यसपछि उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।
त्यहा करिक २ सय जना फसेको आशंका थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।