Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 03:35:56
Bizshala
Global IME Bank Limited

नेपालका बाढीपीडितलाई जापानले ४५ करोडभन्दा बढी आपत्कालीन सहायता दिने

नेपालका बाढीपीडितलाई जापानले ४५ करोडभन्दा बढी आपत्कालीन सहायता दिने
New Office

काठमाण्डौ। जापान सरकारले नेपालका बाढीपीडितका लागि ३० लाख अमेरिकी डलर अर्थात् करिब ४५ करोड ३२ लाख रुपैयाँ बराबरको आपत्कालीन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

जापानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको हो।

जापान सरकारले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मार्फत सहायता उपलब्ध गराउने जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्राप्त सहयोग खाद्य, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता लगायतका अत्यावश्यक मानवीय सहायता क्षेत्रमा परिचालन गरिने जापानको विदेश मन्त्रालयले जनाएको छ।

जापानले डब्लूएफपीमार्फत १० लाख अमेरिकी डलर बराबरको खाद्य सहायता उपलब्ध गराउनेछ। त्यस्तै, आईएफआरसीमार्फत १० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता सहायता प्रदान गरिनेछ।

त्यसैगरी, आईओएममार्फत १० लाख अमेरिकी डलर बराबरको गैर–खाद्य सामग्री उपलब्ध गराउने जापान सरकारले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.