काठमाण्डौ। सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट काठमाण्डौमा अत्यावश्यक सामग्री ढुवानी गर्ने तयारी थालेको छ।
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा काठमाण्डौका लागि अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै सरकारले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थलगायत सामग्री ल्याउने तयारी गरेको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण मुग्लिनको बाटो तीन दिनसम्म बन्द भएर खुलेको थियो। तर, कृष्णभीरमा सडक भासिएपछि पुनः मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैकल्पिक व्यवस्थाका लागि काम गरिरहेको जनाएको छ।
हाल कुनै पनि वस्तुको आयात नरोकिएको र मुग्लिनको बाटो अवरुद्ध भए पनि अन्य वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको आयात भइरहेको जनाइएको । विशेषगरी पेट्रोलियम पदार्थको आपूर्तिमा मन्त्रालयले प्राथमिकता दिएको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।