बिहीबार, आश्विन १,२०८३ 07:49:32
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:49:32
Bizshala
Global IME Bank Limited

हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि २१ लाख सहयोग घोषणा

हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि २१ लाख सहयोग घोषणा
New Office

काठमाण्डौ । बागमती प्रदेशअन्तर्गत रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन बुलियन कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।

कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

विपदबाट प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यका निकाय र सम्बन्धित संस्थाबाट भइरहेका प्रयासमा आफ्नो तर्फबाट समेत सहयोग र ऐक्यबद्धता जनाउँदै उक्त रकम सहयोग गर्ने जनाएको हो।

हिमालयन बुलियनले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सबै पक्षको सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.