मंगलवार, भाद्र १६,२०८३ 06:39:30
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 06:39:30
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीले ६ हजारभन्दा बढी घर बगायो , अस्थायी आवासका लागि ९० करोड चाहिने

भोटेकोशी बाढीले ६ हजारभन्दा बढी घर बगायो , अस्थायी आवासका लागि ९० करोड चाहिने
New Office

काठमाण्डौ । भोटेकोशी तथा त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट ६ हजारभन्दा बढी निजी घर बगेको प्रारम्भिक अनुमान सरकारले सार्वजनिक गरेको छ। बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ।

शहरी विकास तथा भवन निर्माण विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार बाढीले ठूलो संख्यामा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। विभागका अनुसार क्षतिको यकिन विवरण संकलन गर्ने काम अझै जारी रहेकाले घर तथा क्षतिको संख्या केही तलमाथि हुन सक्नेछ।

पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले पत्रकारहरूसँग गरेको छलफलमा बाढीबाट भएको भौतिक क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै निजी आवास क्षेत्रमा भएको क्षति निकै ठूलो रहेको जानकारी दिएका हुन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बाढीबाट घरबारविहीन भएका परिवारलाई तत्काल अस्थायी आवास उपलब्ध गराउन ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। विभागका अनुसार क्षतिग्रस्त ६ हजारभन्दा बढी घरपरिवारका लागि त्यति नै संख्यामा अस्थायी आवास निर्माण गर्ने हो भने कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।

यसले बाढीपीडितको उद्धार र राहतपछि सरकारसामु प्रभावित परिवारलाई सुरक्षित आवासमा स्थानान्तरण गर्ने चुनौती थपिएको देखाएको छ।

बाढीबाट ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। तर क्षतिको विस्तृत अध्ययन अझै भइरहेकाले सरकारी तथा सार्वजनिक संरचनाको संख्या र क्षतिको विवरणमा परिवर्तन हुन सक्ने विभागले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.