काठमाण्डौ । MAXUS Nepal ले SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा नेपालका हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराएको छ।
राहत अभियानअन्तर्गत प्रत्यक्ष आर्थिक सहयोगसँगै विपद् प्रभावित समुदायलाई अत्यावश्यक राहत सामग्री तथा स्वच्छ खानेपानीको दीगो पहुँच सुनिश्चित गर्ने पहलसमेत गरिएको MAXUS Nepal ले जनाएको छ।
यसै क्रममा MAXUS Nepal ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकमको चेक केही दिनअघि औपचारिक रूपमा माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी, त्रिशूली नदी आसपासका विपद् प्रभावित समुदायका लागि करिब ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष राहत सहयोग उपलब्ध गराइएको छ। उक्त सहयोगअन्तर्गत दुई वटा अस्थायी होल्डिङ सेन्टरमा अल्ट्रा–फिल्ट्रेसन (Ultra-Filtration) प्रविधिमा आधारित खानेपानी प्रशोधन प्लान्ट जडान गरिएको छ। साथै, करिब ४०० जनालाई सहयोग पुग्ने आवश्यक राहत सामग्री समेत वितरण गरिएको छ।
विपद् प्रभावित समुदायमा राहत सामग्री वितरण तथा स्वच्छ खानेपानी प्रशोधन प्रणाली जडान कार्यमा Himalaya Organization का अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा, संस्थाका कर्मचारीहरू तथा Lions International District 325 J Nepal का Chief Governor रामराज थापा सहित जिल्ला तहका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।
MAXUS Nepal का अनुसार, तत्कालीन राहत आवश्यकतालाई सम्बोधन गर्नुका साथै प्रभावित समुदायलाई सुरक्षित तथा स्वच्छ खानेपानीमा पहुँच उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। विशेषगरी सौर्य ऊर्जाबाट सञ्चालन हुने खानेपानी प्रणालीले विपद्पछिको अस्थायी बसोबासमा रहेका समुदायलाई दीगो रूपमा सुरक्षित खानेपानी उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
MAXUS Nepal ले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।