बुधबार, मंसिर २,२०८३ 03:43:32
  • बुधबार, मंसिर २,२०८३ 03:43:32
Global IME Bank Limited

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

Bizshala
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने
New Office

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको सुरक्षा, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

उनले जलविद्युत् आयोजना, प्रसारण लाइन र वितरण प्रणालीलाई प्राकृतिक विपद्बाट जोगाउन जोखिममा आधारित पूर्वाधार योजना, बहुप्रकोपीय पूर्वसूचना प्रणाली र जलवायु जोखिम मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भेटमा बढ्दो विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत तथा क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउने विषयमा समेत छलफल भएको छ।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारमा लगानी बढाउनुपर्ने, ग्रिडका अवरोध हटाउनुपर्ने र विद्युत् निर्यात क्षमता विस्तार गर्नुपर्ने बताए।

Garima Development Bank
Bizshala
IME remit

ऊर्जा सुरक्षाका लागि जलविद्युत्‌मा मात्रै निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास, ऊर्जा भण्डारण र सन्तुलित ऊर्जा मिश्रणलाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई स्पष्ट समयसीमा तथा मापनयोग्य उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा छलफल भएको छ।

दुवै पक्षबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार र दीर्घकालीन ऊर्जा सुरक्षालाई आगामी सहकार्यका प्रमुख प्राथमिकता बनाउने समझदारी भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.