बुधबार, मंसिर २,२०८३ 02:55:29
  • बुधबार, मंसिर २,२०८३ 02:55:29
Global IME Bank Limited

अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाल भित्रिँदै, मंसिर ६ गतेदेखि बौद्धमा पहिलो आउटलेट सञ्चालन हुने

Bizshala
अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाल भित्रिँदै, मंसिर ६ गतेदेखि बौद्धमा पहिलो आउटलेट सञ्चालन हुने
New Office

काठमाण्डौ । विश्वभर लोकप्रिय अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। सफ्ट प्रेट्जेलका लागि चर्चित यो ब्रान्डले आगामी मंसिर ६ गतेदेखि काठमाण्डौको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको हो।

सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स ताजा बेक गरिएका तथा हातैले आकार दिइएका प्रेट्जेलका लागि विश्वभर परिचित छ। नेपालमा जे.जी.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र अमेरिकी कम्पनी गो टु फुड्स इन्टरनेसनलबीचको साझेदारीमार्फत यो ब्रान्ड भित्रिन लागेको हो।

बौद्धस्थित भाटभटेनी सुपरमार्केटको चौथो तलामा रहेको फुड पार्कमा सञ्चालन हुने आउटलेट दैनिक बिहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहनेछ।

कम्पनीका अनुसार आउटलेटमा ओरिजिनल, जालापेन्यो, सिनामन सुगर, आल्मन्ड र पेपरोनीलगायत विभिन्न स्वादका प्रेट्जेल उपलब्ध हुनेछन्। यसका साथै प्रेट्जेल डग्स, प्रेट्जेल स्टिक्स, मिनी प्रेट्जेल डग्स, विभिन्न डिपिङ सस, लेमोनेड तथा तातो र चिसो कफीसमेत उपलब्ध गराइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जे.जी.आई. डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राजबहादुर शाहले विश्वप्रसिद्ध आन्टी एन्स ब्रान्डलाई नेपाली बजारमा भित्र्याउनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनका अनुसार बौद्धमा सञ्चालन हुन लागेको पहिलो आउटलेट कम्पनीको विस्तार योजनाको सुरुवात मात्रै हो। आगामी महिनाहरूमा काठमाण्डौसहित नेपालका अन्य स्थानमा समेत आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ।

जे.जी.आई. डिस्ट्रिब्युसनले यसअघि नै सिनाबोन र कार्भेलजस्ता अन्तर्राष्ट्रिय फुड ब्रान्ड नेपाली बजारमा सञ्चालन गर्दै आएको छ। आन्टी एन्सको प्रवेशसँगै कम्पनीको अन्तर्राष्ट्रिय फुड ब्रान्ड पोर्टफोलियो थप विस्तार हुने भएको छ।

Garima Development Bank
Bizshala
IME remit

अमेरिकाको एटलान्टामा मुख्यालय रहेको गो टु फुड्सले विश्वका ७० भन्दा बढी देश तथा क्षेत्रमा रेस्टुरेन्ट, क्याफे, आइसक्रिम पसल तथा बेकरी व्यवसाय सञ्चालन एवं फ्रेन्चाइज गर्दै आएको छ।

आन्टी एन्सको नेपाल प्रवेशले अन्तर्राष्ट्रिय फुड चेनहरूको नेपाली बजारप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ। पछिल्लो समय काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्रान्डका रेस्टुरेन्ट तथा फुड आउटलेट विस्तार भइरहेका बेला नयाँ अमेरिकी ब्रान्डको आगमनले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.