काठमाण्डौ । सरकारले रसुवामा आएको बाढीबाट ज्यान गुमाएका नागरिकको स्मृतिमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय भएको हो ।
'संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।'-क्याबिनेटको निर्णयमा भनिएको छ ।
*यसअघिको समाचारमा भदौ २२ गते पनि सार्वजनिक विदा भन्ने विषय पर्न गएकोमा त्यसलाई सच्याइएको छ ।
-सम्पादक


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।