बिहीबार, भाद्र १८,२०८३ 11:28:15
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 11:28:15
Bizshala
Global IME Bank Limited

माथिल्लो त्रिशूली थ्री ‘ए’को सुरुङमा पुग्न उद्धार टोलीको प्रयास तीव्र, २० हजार घनमिटर अवरोध हटाइयो

माथिल्लो त्रिशूली थ्री ‘ए’को सुरुङमा पुग्न उद्धार टोलीको प्रयास तीव्र, २० हजार घनमिटर अवरोध हटाइयो
New Office

काठमाण्डौ । भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने चरणनजिक पुगेको छ। सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो, बालुवा, ढुंगा तथा बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाउने कामले पछिल्लो पाँच दिनमा उल्लेखनीय प्रगति गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार भदौ १३ गतेदेखि दुईवटा एक्साभेटर प्रयोग गरी निरन्तर उद्धार तथा अवरोध हटाउने काम भइरहेको छ। यस अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा ठूला संरचनाका अवशेष हटाइएको छ।

सुरुङको प्रवेशद्वारको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ। अत्यन्त ठूला ढुंगा फुटाउन ब्रेकरसँगै आवश्यकताअनुसार विस्फोटक पदार्थसमेत प्रयोग गरिएको छ। उद्धार तथा सरसफाइको काम चौबीसै घण्टा सञ्चालन भइरहेको जनाइएको छ।

उद्धार टोलीले हाल सुरुङको प्रवेशद्वारको माथिल्लो भागभन्दा करिब साढे दुई मिटर तलसम्मको ५० मिटर लामो क्षेत्र सफा गरिसकेको छ। सुरुङको कुल उचाइ करिब साढे पाँच मिटर रहेकाले बाँकी करिब तीन मिटर गहिराइसम्म पहुँच मार्ग तथा पानी निकासको व्यवस्था मिलाउने तयारी भइरहेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यो काम पूरा भएपछि सुरुङभित्र जम्मा भएको लेदो हटाएर उद्धार टोली भित्री भागतर्फ अघि बढ्ने योजना छ।

सुरुङको मुखबाट आँखाले देखिने क्षेत्रसम्मै लेदो भरिएको छ। तर, अहिले सुरुङबाट कुनै ठूलो दबाबबिना करिब दुई लिटर प्रतिसेकेन्डको दरले पानी बाहिर निस्किरहेको बताइएको छ।

सुरुङको प्रवेशद्वारमा गेटको कंक्रिट स्ल्याब, दुईवटा ठूला काठका ठुटा तथा ठूला ढुंगाले अवरोध गरेको पाइएको छ। यस आधारमा बाढीको पानी र लेदो सुरुङभित्र प्रवेश गरे पनि बाहिरबाट बगेका ठूला ढुंगा भने सुरुङको धेरै भित्री भागसम्म नपुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि, सुरुङभित्रको वास्तविक अवस्था भने उद्धार टोली प्रवेश गरेर प्रत्यक्ष निरीक्षण गरेपछि मात्रै यकिन हुनेछ।

आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङमा करिब ६० मिटरभित्र मोड रहेको छ। त्यसपछि संरचना पावरहाउसतर्फ उकालो जाने भएकाले सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

तर, यो अनुमान मात्रै भएकाले उद्धार टोलीले भित्र प्रवेश गरी निरीक्षण नगरेसम्म सुरुङभित्रको अवस्था र फसेका व्यक्तिहरूको वास्तविक स्थितिबारे निष्कर्ष निकाल्न नसकिने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.