Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 01:11:16
Bizshala
Global IME Bank Limited

बाढीको जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

बाढीको जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित
New Office

काठमाण्डौ । चीनको तिब्बतमा पहिरोपछि बनेको ताल फुटेर थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धार तथा खोजी अभियान अस्थायी रूपमा स्थगित गरिएको छ। विनाशकारी पहिरो गएको दुई दिनपछि पनि सयौँ मानिस बेपत्ता रहेका बेला चीनले उद्धार टोलीलाई जोखिमयुक्त क्षेत्रबाट पछि हट्न निर्देशन दिएको हो।

अलजजिराका अनुसार चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै चीन सरकारले घटनास्थलमा खटिएका उद्धार टोलीलाई सुरक्षित स्थानतर्फ करिब एक किलोमिटर पछाडि हट्न आदेश दिएको छ। सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

Bizshala
CG Motors

चीन–नेपाल सीमा क्षेत्रमा रहेको तिब्बतको केरुङ क्षेत्रमा बुधबार माटो, लेदो र ठूलो मात्रामा भग्नावशेष थुप्रिएपछि ताल बनेको थियो। निरन्तर वर्षाका कारण उक्त तालको पानीको सतह बढ्दै गएकाले ताल फुट्ने जोखिमसमेत बढेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार आगामी तीन दिनसम्म तालको जलस्तर बढ्ने र सेप्टेम्बर १ अर्थात् भदौ १६ आसपास उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने र केरुङ बन्दरगाहसहित आसपासका क्षेत्रमा थप क्षति पुग्न सक्ने जोखिम रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.