सोमबार, कार्तिक ९,२०८३ 02:11:54
  • सोमबार, कार्तिक ९,२०८३ 02:11:54
Global IME Bank Limited

रसुवा बाढीको आर्थिक प्रभावदेखि जलवायु वित्तसम्म अध्ययन गर्दै अर्थ समिति

Bizshala
रसुवा बाढीको आर्थिक प्रभावदेखि जलवायु वित्तसम्म अध्ययन गर्दै अर्थ समिति
New Office

काठमाण्डौ । प्राकृतिक विपद्का कारण अर्थतन्त्रमा परेको क्षतिको मूल्यांकन र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि उपलब्ध वित्तीय स्रोतको अवस्थाबारे प्रतिनिधिसभाको अर्थ समितिले अध्ययन अघि बढाउने भएको छ।

रसुवामा हालै आएको बाढीले पुर्याएको आर्थिक क्षति, त्यसको समग्र अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु परिवर्तनसँग जोडिएका वित्तीय विषयको अध्ययन गर्न समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य छन्।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभावसँगै जलवायु वित्तको अवस्थाबारे अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.