बिहीबार, भाद्र ११,२०८३ 10:03:32
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 10:03:32
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीमा बगेका ६४ शव चितवनमा फेला, सयौँ शव भेटिन सक्ने अनुमान

भोटेकोशी बाढीमा बगेका ६४ शव चितवनमा फेला, सयौँ शव भेटिन सक्ने अनुमान
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेका ६४ वटा शव चितवनमा फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शव खोजी कार्य जारी रहेकाले जिल्लामा अझै सयौँ शव फेला पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार बाढीका कारण देशले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ। चितवनमा मात्रै बिहीबार बिहानसम्म ६४ वटा शव फेला परेको छ ।

प्रशासनका अनुसार प्रारम्भिक मूल्याङ्कनका आधारमा खोजी तथा उद्धार कार्य जारी रहेकाले थप शव फेला पर्ने सम्भावना छ। यससँगै शव व्यवस्थापनका लागि आवश्यक स्थानको अभाव हुन सक्ने अवस्था देखिएको प्रशासनले जनाएको छ।

Bizshala
CG Motors

चितवनमा रहेका स्वास्थ्य संस्थाको मौजुदा क्षमताअनुसार बढीमा ५० वटा शव मात्र राख्न सकिने अवस्था रहेको प्रशासनले जनाएको छ। थप शव फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आपत्कालीन व्यवस्थापन रणनीतिअनुसार शवको सुरक्षित व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले कुनै स्थानमा शव फेला परेमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, बाढी तथा पहिरोबाट क्षतिग्रस्त शवका विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न प्रशासनले अनुरोध गरेको छ।

यस्ता संवेदनशील तस्बिर तथा सामग्री सार्वजनिक हुँदा सर्वसाधारणमा मानसिक तनाव, त्रास तथा आतंकको अवस्था सिर्जना हुन सक्ने भन्दै प्रशासनले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सबैलाई संवेदनशीलता अपनाउन अपिल गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.