आईतवार, भाद्र २८,२०८३ 09:05:54
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 09:05:54
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितका लागि अमेरिकाको थप १० लाख डलर सहायता

रसुवा बाढीपीडितका लागि अमेरिकाको थप १० लाख डलर सहायता
New Office

काठमाण्डौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पहिचान कार्यमा सहयोग पुर्‍याउन अमेरिकाले थप १० लाख अमेरिकी डलर सहायता स्वीकृत गरेको छ।

अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोमार्फत नेपाल प्रहरीलाई फोरेन्सिक सहायता र डीएनए किट उपलब्ध गराउन उक्त रकम स्वीकृत गरिएको हो।

नयाँ सहायता स्वीकृत भएसँगै नेपालमा बाढीपीडितका लागि अमेरिकाले उपलब्ध गराएको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहयोगको कुल रकम ५० लाख अमेरिकी डलरभन्दा बढी पुगेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

बाढीपछि सम्पर्कविहीन तथा पहिचान हुन नसकेका व्यक्तिको पहिचानलाई प्राथमिकतामा राख्दै अमेरिकी फोरेन्सिक विशेषज्ञले नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार एफबीआईका फोरेन्सिक विज्ञ विपद्मा परेका व्यक्तिको पहिचानका लागि नेपाली अधिकारीसँग मिलेर काम गरिरहेका छन्।

डीएनए किटसहितको नयाँ सहयोगले पीडितको वैज्ञानिक पहिचान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट अमेरिकी नागरिकका परिवारसहित विपद्मा प्रभावित सबै पीडितको पहिचानमा नेपाली अधिकारीलाई सहयोग पुग्ने अमेरिकाले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी सहयोगअन्तर्गत विश्व खाद्य कार्यक्रममार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता परिचालन गरिएको छ। उक्त सहयोगबाट बाढी प्रभावित करिब १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सामग्री उपलब्ध गराउने योजना छ।

बाढीका कारण सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि दुर्गम क्षेत्रमा सहायता पुर्‍याउन चुनौती देखिएको छ। सम्पर्कविहीन बनेका समुदायसम्म हवाई तथा स्थलमार्गबाट राहत पुर्‍याउँदै आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलर बराबरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि परिचालन गरिएको छ।

यसअन्तर्गत बाढी प्रभावितलाई आश्रय सामग्री, भोजन, कम्बल, प्लास्टिक सिट, पाल, सौर्य बत्ती तथा डिग्निटी किट वितरण भइरहेको छ। प्रभावित बालबालिकाका लागि बालमैत्री स्थानसमेत सञ्चालन गरिएको अमेरिकाले जनाएको छ।

त्यस्तै, झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका क्षेत्रमा थप ३ लाख ६५ हजार डलर सहायता उपलब्ध गराइएको 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.