काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संघसंस्था र व्यवसायीहरूसँग समन्वय गरी हालसम्म प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न तथा राहत सामग्री पठाइएको छ।
राहत सामग्री व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा विभिन्न व्यवसायीसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ।
समन्वयमार्फत प्रभावित क्षेत्रमा चामल, दाल, तेल, प्याकेटमा उपलब्ध खाद्य सामग्रीअन्तर्गत बिस्कुट र चाउचाउ तथा खानेपानीलगायत अत्यावश्यक राहत सामग्री पठाइएको हो।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने तथा व्यवस्थापन गर्ने कार्य निरन्तर जारी रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।