काठमाण्डौ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन सेक्युरिटिज प्रा। लि।ले २ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीबाट सिर्जित घटनाक्रमप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपद्को समयमा प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि राज्यलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ।
सोही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार उक्त सहयोगले प्राकृतिक विपद्का बेला आवश्यक पर्ने खोजी तथा उद्धार कार्यमा नेपाल सरकारको दक्षता र क्षमता अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।