काठमाण्डौ । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्। प्रहरीका अनुसार सोमबार उक्त घरमा खोजी गर्ने क्रममा २४ वटा शव फेला परेका हुन्। घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
एकै घरभित्र ठूलो संख्यामा शव भेटिएपछि उक्त घरको पहिचान र त्यहाँ मानिसहरू कसरी जम्मा भएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। घरधनीबारे समेत यकिन जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। सोमबारसम्म बाढी तथा पहिरोमा परी ९ सयभन्दा बढी शव फेला परिसकेका छन् भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।