बुधबार, भाद्र ३१,२०८३ 02:20:30
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:20:30
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त, भौतिक सम्पत्तिको क्षतिभन्दा मानवीय पक्षलाई प्राथमिकता

रसुवा बाढीमा ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त, भौतिक सम्पत्तिको क्षतिभन्दा मानवीय पक्षलाई प्राथमिकता
New Office

काठमाण्डौ । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण आसपासका बजार क्षेत्रमा रहेका ९ वटा वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार प्रारम्भिक जानकारीमा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबीलगायत ९ वटा बैंकका शाखामा पूर्ण क्षति पुगेको छ।

कोइरालाका अनुसार बाढीबाट बैंकका शाखा भवन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ भने बैंकमा कार्यरत कर्मचारीमध्ये आधाभन्दा बढी अझै सम्पर्कमा आउन सकेका छैनन्।

Shivam Cement
Bizshala
CG Motors

‘हालसम्मको जानकारीअनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्’ कोइरालाले भने। उनका अनुसार सम्पर्कविहीन कर्मचारीहरूमध्ये केही सम्पर्कमा आउने क्रम जारी छ। हालसम्म हराएका कर्मचारीमध्ये ९–१० जना सम्पर्कमा आइसकेका छन्। बैंकिङ क्षेत्रमा भएको भौतिक तथा वित्तीय क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको उनले बताए।

बैंकमा रहेको नगद मौज्दात, सुनचाँदी तथा अन्य भौतिक सम्पत्तिको क्षतिभन्दा अहिले मानवीय पक्षलाई प्राथमिकता दिइएको कोइरालाको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनले बताए।

बाढीले रसुवाको बैंकिङ क्षेत्रमा ठूलो क्षति पुर्याएको जनाउँदै उनले अहिले शाखा तथा सम्पत्तिको क्षतिभन्दा कर्मचारीको सुरक्षा र अवस्थाबारे जानकारी लिनुलाई पहिलो प्राथमिकता दिएको बताए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.