काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ ।
इक्रा नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ तथा सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ दुवै स्तरोन्नति गरेको हो ।
इक्राले कुमारी बैंकको इश्युअर रेटिङ [ICRANP-IR] BB+ बाट [ICRANP-IR] BBB- मा स्तरोन्नति गरेको छ ।
यस्तै बैंकको ६ अर्ब रुपैयाँ बराबरको सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ पनि [ICRANP] LBB+ बाट [ICRANP] LBBB- मा उक्लिएको छ ।
इक्राका अनुसार [ICRANP-IR] BBB- इश्युअर रेटिङ तथा [ICRANP] LBBB- डिबेञ्चर रेटिङ प्राप्त गर्ने संस्था तथा उपकरणलाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम स्तरको सुरक्षित मानिन्छ । यस्ता संस्था तथा उपकरणमा मध्यम क्रेडिट जोखिम रहने इक्राले जनाएको छ ।
रेटिङ स्तरोन्नतिले बैंकको समग्र क्रेडिट प्रोफाइलमा सुधार भएको संकेत गर्छ । विशेषगरी इश्युअर रेटिङ एक तह माथि उक्लिनुले बैंकको सामान्य ऋणयोग्यता अघिल्लो मूल्यांकनको तुलनामा सुधारिएको देखाउँछ ।
यद्यपि इक्राले इश्युअर रेटिङलाई बैंकको समग्र क्रेडिटवर्थिनेससम्बन्धी राय मात्र भएको स्पष्ट पारेको छ । यो कुनै निश्चित ऋणपत्र वा धितोपत्र खरिदबिक्रीका लागि सिफारिस नभएको पनि इक्राले जनाएको छ ।
त्यस्तै डिबेञ्चर रेटिङलाई पनि कुनै धितोपत्र खरिद, बिक्री वा होल्ड गर्न गरिएको सिफारिसका रूपमा नबुझ्न इक्राले आग्रह गरेको छ । यो कम्पनीको धितोपत्रको बजार मूल्य वा मूल्यांकनसम्बन्धी टिप्पणीसमेत नभएको स्पष्ट गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।