सोमबार, भाद्र २२,२०८३ 09:50:55
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 09:50:55
Bizshala
Global IME Bank Limited

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गर्दै सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ। तर करिब ४ हजार १९६ जना अझै सम्पर्कविहीन रहेको विवरण छ।

बाढीबाट १ हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ। तीमध्ये सनाखत भई परिवारले बुझेका शवको संख्या ९८ रहेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी, कर्मचारी तथा विदेशी नागरिकसमेत छन्। रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार करिब १ हजार ८५७ नेपाली नागरिक तथा नुवाकोटबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन छन्। त्यस्तै, करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५९९ विदेशी नागरिक समेत सम्पर्कविहीन रहेको विवरण छ।

विपत्तिको पहिलो घडीदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति खोज तथा उद्धारमा परिचालित छन्। कठिन भूगोल, अवरुद्ध सडक तथा जोखिमपूर्ण नदीको प्रवाहबीच सुरक्षाकर्मीले खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन्। नेपाली सेनाले हवाई साधनमार्फत १ हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।

बाढीमा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको विवरण छ। आफ्नै सहकर्मीको अवस्था अज्ञात हुँदाहुँदै पनि सुरक्षाकर्मी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानमा खटिरहेका छन्।

नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम तथा मुख्य फरवार्ड एयर बेस स्थापना गरी उद्धार अभियान सञ्चालन गरिरहेको छ। रसुवाको धुन्चेमा समेत ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.