Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 02:01:55
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितका लागि अष्ट्रेलियाले ५० लाख डलर सहायता दिने

रसुवा बाढीपीडितका लागि अष्ट्रेलियाले ५० लाख डलर सहायता दिने
New Office

काठमाण्डौ। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। सडक तथा पुलमा क्षति पुगेका कारण धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट विच्छेद रहेको र प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको भन्दै अष्ट्रेलियाले तत्काल मानवीय सहायता आवश्यक रहेको जनाएको छ।

Bizshala
CG Motors

अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाण्डौमा परिचालन गरिएको छ। थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारीलाई समेत परिचालन गर्ने तयारी भइरहेको अष्ट्रेलियाले जनाएको छ।

अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने तयारी गरेको छ। ‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत आउने उक्त टोलीले काठमाडौंस्थित अष्ट्रेलियाली कर्मचारीसँग समन्वय गरी मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछ। टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी विशेषज्ञहरू रहनेछन्।

घोषित ५० लाख अष्ट्रेलियन डलर सहायता स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाका लागि परिचालन गरिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.