काठमाण्डौ । भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीमा परी नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन्। बाढीमा परेका मध्ये तीन जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
बाढीमा परी मृत्यु भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विभिन्न स्रोतबाट आर्थिक राहत तथा बीमा रकम उपलब्ध गराउने जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार मृतकका परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यस्तै, किरिया खर्चबापत कल्याण कोषबाट थप ४० हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ उपलब्ध हुने काफ्लेले जानकारी दिए। नेपाल प्रहरी संगठनका तर्फबाट राहतस्वरूप थप १० लाख रुपैयाँ प्रदान गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।