शुक्रबार, आश्विन २,२०८३ 04:53:59
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 04:53:59
Bizshala
Global IME Bank Limited

टिमुरे र हाकु क्षेत्रबाट १२३ जनाको उद्धार

टिमुरे र हाकु क्षेत्रबाट १२३ जनाको उद्धार
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित तथा फसेका १२३ जनाको नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये टिमुरे क्षेत्रबाट मात्रै ९५ जना रहेका छन्।

नेपाली सेनाका अनुसार टिमुरेबाट उद्धार गरिएका ९५ जनामध्ये ८ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने व्यवस्था मिलाइएको छ।

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, हाकुस्थित एक जलविद्युत् आयोजनाको टनेलमा बाढीका कारण फसेका ७ जनाको जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। हाकु क्षेत्रका अन्य तीनवटा टनेलमा समेत उद्धार कार्य जारी रहेको बताइएको छ।

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको समेत सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको बताइएको छ।

भोटेकोशी बाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेनाले स्थल तथा हवाई माध्यमबाट उद्धार अभियानलाई तीव्रता दिएको छ। बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.