बिहीबार, भाद्र ११,२०८३ 11:41:54
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 11:41:54
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपहिरो प्रभावितका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई महासंघ कोशी प्रदेशको अपिल

रसुवा बाढीपहिरो प्रभावितका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई महासंघ कोशी प्रदेशको अपिल
New Office

काठमाण्डौ । रसुवा जिल्लाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ।

महासंघ कोशी प्रदेशले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Bizshala
CG Motors

महासंघले विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र घरबारविहीन परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैबीच, महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको महासंघले जनाएको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले अध्यक्ष राउतले उक्त रकम सहयोग गरेका हुन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.