Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 05:39:09
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीको क्षति अकल्पनीय, विपत्तिमा राजनीति कसैले पनि नगरौं: केपी ओली

भोटेकोशी बाढीको क्षति अकल्पनीय, विपत्तिमा राजनीति कसैले पनि नगरौं: केपी ओली
New Office

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन्। आइतबार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय शोकको समयमा कसैले पनि राजनीति गर्न नहुने धारणा व्यक्त गरे।

ओलीले विपत्तिका बेला पीडितको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै सबै पक्षले सहयोग गर्नुपर्ने बताए।  ‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ,’ ओलीले भने।

उनले यस्तो संकटको समयमा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए। साथै, संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था तथा परोपकारी व्यक्तिहरूको सहकार्यबाट विपत्तिको सामना गर्नुपर्नेमा उनले जोड दिए।

Bizshala
CG Motors

यद्यपि, ओलीले विपत्तिको समयमा सरकारले राज्यको सामर्थ्यलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाए। प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर राहत तथा उद्धारका काम अघि बढाउनुपर्ने उनको भनाइ थियो।

ओलीले राहत तथा उद्धार कार्यमा श्रेय लिन प्रतिस्पर्धा नगर्ने विषयमा राजनीतिक दलहरूले प्रतिबद्धता जनाइसकेको भए पनि केही निजी सङ्घसंस्थालाई खोजी तथा उद्धार कार्यमा समेत सहभागी हुन नदिइएको दाबी गरे।

उनले बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम अघि बढाएको भन्दै प्रदेश सरकारलाई धन्यवादसमेत दिए।

ओलीले विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट भई प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.