काठमाण्डौ । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ। रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको जानकारी दिएका छन्।
न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ।
यसअघि न्यौपानेले सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको संवाद भएको जानकारी दिएका थिए। त्यसपछि उद्धार प्रयासलाई तीव्र पारिएको थियो।
न्यौपानेले सामाजिक सञ्जालमार्फत सञ्जय साहको जीवित उद्धार भएको जानकारी दिँदै अन्य व्यक्तिको समेत उद्धारका लागि प्रयास भइरहेको बताएका छन्।
उद्धार कार्य जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।